मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पाँच दलका कार्यालयअगाडि शिक्षक महासङ्घको धर्ना

2.4K
SHARES
पाँच दलका कार्यालयअगाडि शिक्षक महासङ्घको धर्ना

काठमाडौं । नेपाल शिक्षक महासङ्घले आज पाँच राजनीतिक दलका कार्यालयअगाडि धर्ना कार्यक्रम आयोजना गर्ने भएको छ ।

बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म चल्ने कार्यक्रममा शिक्षकहरूको उपस्थितिका लागि महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आग्रह गरेका छन् ।

बबरमहलस्थित लोकतान्त्रिक समाजवादी पार्टीको कार्यालयमा हुने कार्यक्रमको संयोजन अध्यक्ष सुवेदी स्वयंले गर्नेछन् । जनमत पार्टीमा सहअध्यक्ष नानुमाया पराजुली, जनता समाजवादी पार्टीमा उपाध्यक्ष पुष्प कुँवर, नागरिक उन्मुक्ति पार्टीमा महासचिव तुलाबहादुर थापा र राष्ट्रिय जनमोर्चामा सचिव कल्पना पनेरुले संयोजनको जिम्मेवारी पाएका छन् ।

महासङ्घका अनुसार धर्ना कार्यक्रमको उद्देश्य राजनीतिक दलहरूको ध्यान शिक्षकहरूको मागतर्फ आकर्षित गर्नु हो ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १९, बिहीबार ०४:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP