मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

संसदीय सुनुवाइ समितिमा कांग्रेस सांसद खतिवडा

2.7K
SHARES
संसदीय सुनुवाइ समितिमा कांग्रेस सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई संसदीय सुनुवाइ समितिको सदस्य बनाइने भएको छ । यसबारे औपचारिक जानकारी आज दिउँसो एक बजे बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले दिने कार्यक्रम छ ।

कर्मचारीको कुलिङ पिरियडसम्बन्धी गडबडीका कारण विवादमा परेपछि खतिवडाले केही समयअघि राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट राजीनामा दिएका थिए । खतिवडाको राजीनामापछि ईश्वरीदेवी न्यौपानेलाई राज्य व्यवस्था समितिको सभापति बनाइएको हो । उनी यसअघि संसदीय सुनुवाइ समितिकी सभापति पनि थिइन् ।

न्यौपाने यही भदौ १० गते राज्य व्यवस्था समितिको सभापति बनेपछि संसदीय सुनुवाइ समिति सभापतिविहीन भएको छ । प्रतिनिधि सभा नियमावलीअनुसार कुनै विषयगत समितिको सभापति पद रिक्त भएमा १५ दिनभित्र नयाँ सभापति चयन गर्नुपर्ने व्यवस्था छ । सोअनुसार यही भदौ २५ गतेसम्म सुनुवाइ समितिको सभापति चयन गर्नुपर्ने हुन्छ ।

संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावलीका नियम २५ मा सभापतिले राजीनामा दिएमा पद रिक्त हुने स्पष्ट प्रावधान छ । तर, रिक्त पद पूर्ति गर्नेबारे सो नियमावलीमा व्यवस्था नभएको कारण प्रतिनिधिसभा नियमावलीलाई आधार बनाउनुपर्ने हुन्छ । संयुक्त समिति कार्यसञ्चालन नियमावलीको नियम ४४ अनुसार, त्यस्तो अवस्थामा प्रतिनिधि सभा नियमावलीकै व्यवस्था लागू हुने बताइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १३, शुक्रबार ०६:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP