मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कांग्रेसको १५औँ महाधिवेशन पुस २६ देखि २८ गते हुने

2.3K
SHARES
कांग्रेसको १५औँ महाधिवेशन पुस २६ देखि २८ गते हुने

काठमान्डु । नेपाली कांग्रेसले आगामी पुस २६, २७ र २८ गते १५औँ महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले नियमित महाधिवेशनको मिति आधिकारिक रूपमा सार्वजनिक गरेका हुन् ।

बैठकमा पार्टी संरचना, आगामी राजनीतिक चुनौती र संगठन सुदृढीकरणका विषयमा विस्तृत छलफल भएको बताइन्छ । महाधिवेशनलाई सफल बनाउन विभिन्न समितिहरू गठन गर्दै पार्टीले अब आन्तरिक तयारी तीव्र पारेको छ ।

यसैबीच, १४औँ महाधिवेशनबाट निर्वाचित वर्तमान कार्यसमितिको म्याद आगामी माघ मसान्तसम्मका लागि थपिएको छ । यसअघि कार्यसमितिको कार्यकाल मंसिर मसान्तमै सकिँदै थियो । म्याद थपिएसँगै कार्यसमितिले आगामी महाधिवेशन तयारीलाई अझ प्रभावकारी रूपमा अघि बढाउन सक्ने विश्वास लिइएको छ ।

पार्टीभित्रका नेतृत्व चयन, नीति निर्धारण र संगठनात्मक पुनर्गठनका दृष्टिले १५औँ महाधिवेशन महत्वपूर्ण मानिँदै आएको छ । कांग्रेसभित्रका नेताहरूले यो महाधिवेशनले पार्टीलाई नयाँ दिशातर्फ लैजाने अपेक्षा व्यक्त गर्दै आएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १५, सोमबार १३:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP