मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय सभामा कांग्रेसको दल नेतामा कमला पन्त

26
SHARES
राष्ट्रिय सभामा कांग्रेसको दल नेतामा कमला पन्त

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभामा आफ्नो दलको नेतृत्व परिवर्तन गर्दै कमला पन्तलाई नयाँ दल नेताको जिम्मेवारी दिएको छ । संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आज पन्तलाई उक्त पदमा मनोनीत गरेका हुन् ।

कांग्रेसको विधानअनुसार संसदीय दल नेताले राष्ट्रिय सभा दल नेता तोक्ने व्यवस्था रहेको छ । सोही अधिकार प्रयोग गर्दै आङ्देम्बेले यसअघि दल नेताको भूमिकामा रहेका कृष्णप्रसाद सिटौलालाई हटाएर पन्तलाई जिम्मेवारी दिएका हुन् । सिटौलालाई भने पूर्व संसदीय दल नेता शेरबहादुर देउवाले उक्त पदमा नियुक्त गरेका थिए ।

नवनियुक्त दल नेता पन्त कांग्रेसभित्र अनुभवी नेताका रूपमा परिचित छन् । उनी गोरखाबाट २०५१ र २०५६ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेकी छन् । त्यस्तै, उनी महिला, बालबालिका तथा समाज कल्याण राज्यमन्त्रीको जिम्मेवारी पनि सम्हालिसकेकी छन् ।

हाल पन्त गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका रूपमा कार्यरत छिन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख १६, बुधबार ०७:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP