मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भोजपुरमा एउटै परिवारका ४ जनाको ज्यान लिने युवक प्रहरीको नियन्त्रणमा

3K
SHARES
भोजपुरमा एउटै परिवारका ४ जनाको ज्यान लिने युवक प्रहरीको नियन्त्रणमा

काठमाडौं । भोजपुर नगरपालिका–२, हेलौछाका राजेन्द्र राईले आफ्नै परिवारका चार सदस्यको हत्या गरेका छन् । रामप्रसाद राई गाउँपालिका–२, धोदलेखानीस्थित ससुराली गएका उनले सासु, ससुरा, श्रीमती र सालोको धारिलो हतियार प्रयोग गरी ज्यान लिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार, शनिबार राति करिब १.१५ बजे राजेन्द्रले प्रहरी कन्ट्रोल रुममा फोन गरी आफूमाथि चक्कु प्रहार भएको भन्दै चार जनाको हत्या गरेको स्वीकार गरेका थिए ।

खबर पाएलगत्तै अस्थायी प्रहरी चौकी ओख्रे र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोली घटनास्थल पुग्दा ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, सासु मन्जु गिरी, साथै उनकी श्रीमती (१६ वर्ष) र सालो (१० वर्ष) मृत अवस्थामा फेला परेका थिए । प्रहरीले दुई जना नाबालक भएकाले उनीहरूको नाम सार्वजनिक गरेको छैन ।

राजेन्द्र राई भने घटनास्थलभन्दा करिब ४–५ किलोमिटर टाढा, रामप्रसाद राई गाउँपालिका–१ को हर्बुभञ्ज्याङ भन्ने स्थानमा घाइते अवस्थामा भेटिएका थिए । पेटमा धारिलो हतियारको चोट लागेका उनलाई उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।

प्रहरीका अनुसार, प्रारम्भिक बयानमा राजेन्द्रले सासुले चक्कु प्रहार गरेपछि आफूले आक्रोशमा आएर हत्या गरेको बताएका छन्।

राजेन्द्र र उनकी श्रीमतीबीच करिब एक वर्षअघि प्रेम विवाह भएको बताइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार २२, आईतवार ०४:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP