मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

निर्वाचन आचारसंहिताका कारण नेफिनको ११औँ राष्ट्रिय महाधिवेशन स्थगित

1.4K
SHARES
निर्वाचन आचारसंहिताका कारण नेफिनको ११औँ राष्ट्रिय महाधिवेशन स्थगित

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले माघ ९ र १० गते विराटनगरमा आयोजना गर्न लागेको ११औँ राष्ट्रिय महाधिवेशन स्थगन गरिएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले लागू गरेको आचारसंहिताका कारण महाधिवेशन हाललाई स्थगित गर्नुपरेको महासंघले जनाएको छ ।

महासंघले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार महाधिवेशन आयोजना गर्ने निर्णय भई सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेकै बेला निर्वाचन आयोगले आचारसंहिता लागू गरेको थियो । साथै, निर्वाचन आयोगबाट महाधिवेशन नगर्न पत्राचार भइसकेको र जिल्ला प्रशासन कार्यालय मोरङले पनि कार्यक्रम सञ्चालनका लागि स्वीकृति नदिएपछि अर्को निर्णय नभएसम्म महाधिवेशन स्थगन गर्ने निर्णय गरिएको जनाइएको छ ।

महाधिवेशनका लागि देशभरका आदिवासी जनजाति समुदायलाई सहभागिताका लागि आह्वान गरिसकिएको, तथा महासंघ आबद्ध संस्थाका प्रतिनिधि, पर्यवेक्षक, अतिथि, सल्लाहकार र अभियन्ताहरूलाई समेत निमन्त्रणा गरिसकिएको अवस्थामा अचानक कार्यक्रम स्थगन गर्नुपर्दा पर्न गएको असुविधाप्रति महासंघले दुःख व्यक्त गरेको छ ।

प्रेस विज्ञप्तिमा निर्वाचन प्रक्रिया सम्पन्न भएपछि जातीय घटक सदस्य संगठनहरू तथा सम्बन्धित निकायहरूसँग आवश्यक छलफल गरी ११औँ राष्ट्रिय महाधिवेशनको नयाँ मिति तोकी पुनः आयोजना गरिने उल्लेख गरिएको छ । यससम्बन्धी थप जानकारी समयमै सार्वजनिक गरिने महासंघले जनाएको छ ।

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाद्वारा हस्ताक्षरित विज्ञप्तिमा सम्पूर्ण सरोकारवाला निकाय, सदस्य संस्था तथा समुदायसँग धैर्य र सहकार्यका लागि आग्रह गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ ६, मंगलवार १५:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP