मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जेनजी आन्दोलन छानबिन र निर्वाचन तयारीमा सरकार सक्रिय: प्रधानमन्त्री कार्की

2.3K
SHARES
जेनजी आन्दोलन छानबिन र निर्वाचन तयारीमा सरकार सक्रिय: प्रधानमन्त्री कार्की

काठमान्डु । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनसँग सम्बन्धित घटनाहरूमा सरकारले उच्चस्तरीय छानबिन अघि बढाइरहेको बताएकी छन् । आइतबार सिंहदरबारमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ताका क्रममा उनले भदौ २३ र २४ गते भएका घटनालाई सरकारको प्राथमिक एजेन्डामा राखेर अनुसन्धान भइरहेको जानकारी दिइन् ।

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक तथा प्रशासनिक परिस्थितिले आफूलाई सरकारको नेतृत्व सम्हाल्न बाध्य बनाएको उल्लेख गरिन् । भेटका क्रममा पूर्वराष्ट्रपति भण्डारीले ती घटनाका दोषी पहिचान गरेर कानूनी कारबाही गर्न सरकारले सक्षम हुने विश्वास व्यक्त गरिन् ।

जेनजी आन्दोलनका बेला प्रदर्शनकारीहरूले पूर्वराष्ट्रपति भण्डारीको निजी निवासमा आगजनी समेत गरेको घटनाप्रति प्रधानमन्त्री कार्कीले खेद व्यक्त गरिन् । उनले आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचार नियन्त्रण र फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनलाई समान प्राथमिकताका साथ अघि बढाइरहेको बताइन् ।

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीचको भेटमा समसामयिक राजनीतिक अवस्था, आगामी निर्वाचन तथा शान्ति–सुरक्षाका विषयमा विस्तृत छलफल भएको प्रधानमन्त्रीका सचिवालयले जनाएको छ । यस क्रममा प्रधानमन्त्रीले निर्वाचन वातावरण निर्माणमा पूर्वराष्ट्रपतिबाट सक्दो सहयोग र सकारात्मक भूमिका अपेक्षा गरिन् ।

पूर्वराष्ट्रपति भण्डारीले पनि वर्तमान परिस्थितिमा लोकतान्त्रिक समाधानको एकमात्र मार्ग निर्वाचन नै रहेको उल्लेख गर्दै सबै पक्ष निर्वाचनप्रतिको प्रतिबद्धतामा दृढ हुनुपर्ने धारणा राखिन् । उनले सरकार स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्न सक्षम हुने विश्वास समेत व्यक्त गरिन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर २१, आईतवार १२:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP