मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रामकुमारी झाँक्रीले एकीकृत समाजवादीसँगको यात्रा टुंग्याइन्

2.4K
SHARES
रामकुमारी झाँक्रीले एकीकृत समाजवादीसँगको यात्रा टुंग्याइन्

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले आजदेखि सो पार्टीसँगको राजनीतिक यात्रा समाप्त भएको घोषणा गरेकी छन् ।

आज वाम दलहरू— एकीकृत समाजवादी र माओवादी केन्द्रबीच पार्टी एकताको घोषणा हुँदै गर्दा झाँक्री भने उक्त प्रक्रियाबाट अलग रहने निर्णय गर्दै पत्रकार सम्मेलनमा आएकी हुन् ।

‘एकीकृत समाजवादीसँगै अघि बढ्ने बाटो बन्द भएपछि नयाँ राजनीतिक यात्राको तयारीमा छौँ,’ झाँक्रीले भनिन्, ‘अब उपयुक्त मार्ग पहिल्याएर नयाँ अभियान अघि बढाउनेछौँ ।’

एमाले फुटेपछि एकीकृत समाजवादी निर्माणको क्रममा आफूले बीचमै यात्रा टुंग्याउन नसकेको बताउँदै उनले आज त्यस अवसर आएको उल्लेख गरिन् । ‘आजको यो क्षण हामीका लागि खुसीको पनि अवसर हो,’ उनले भनिन् ।

झाँक्रीका अनुसार संविधान र लोकतन्त्रको रक्षा गर्नका लागि बनाइएको एकीकृत समाजवादी पार्टी अपेक्षित दिशामा अघि बढ्न नसकेको र त्यसले जनविश्वास गुमाएको कारण आफूले अलग बाटो रोजेकी हुन् । ‘हामीले त्यो पार्टीबाट चुनाव जित्नसमेत सकेनौँ, त्यसैले नयाँ बाटो रोज्न बाध्य भयौँ,’ उनले स्पष्ट पारिन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १९, बुधबार ०६:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP