मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

माओवादी नेता कृष्णबहादुर महरा फेरि पक्राउ

1.7K
SHARES
माओवादी नेता कृष्णबहादुर महरा फेरि पक्राउ

काठमाडौं । माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई फेरि एकपटक सुन तस्करी प्रकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गरिएको छ । आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई भेपमार्फत नियन्त्रणमा लिएको हो ।

सीआईबीले औपचारिक विज्ञप्ति जारी गर्दै महराको पक्राउ पुष्टि गरेको छ । विज्ञप्तिमा उल्लेख अनुसार महरा संलग्न रहेको भनिएको सुन तस्करी प्रकरणबारे अनुसन्धान अघि बढाइँदै आएको छ ।

यसअघि पनि महरा सोही प्रकरणमा कानुनी प्रक्रिया भोगिसकेका छन् । २०८० साल चैतमा प्रहरीले उनलाई नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान गरेको थियो । केही दिनअघि मात्र उनले यस विषयमा प्रहरीसमक्ष बयान दिएका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन २६, आईतवार ११:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP