मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै, आठ दलबीचको एकता अनुमोदन एजेन्डा

2.8K
SHARES
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै, आठ दलबीचको एकता अनुमोदन एजेन्डा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज (मंगलबार) दिउँसो बस्दैछ । पार्टी एकता प्रक्रियासम्बन्धी प्रस्ताव अनुमोदन गर्न दिउँसो १ बजे बैठक बोलाइएको माओवादी केन्द्रले जनाएको छ ।

आइतबार माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायत आठ वामपन्थी दलबीच पार्टी एकताको १८ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको थियो । माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।

आठ दलबीचको ऐतिहासिक सहमति
सहमतिमा नेकपा (माओवादी केन्द्र) का महासचिव चिरन पुन, नेकपा (समाजवादी) का अध्यक्ष राजु कार्की, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेकपा (माओवादी समाजवादी) का कर्णजित बुढाथोकी र नेकपा (साम्यवादी) का अध्यक्ष प्रेमबहादुर सिंहको समेत हस्ताक्षर छ ।

उनीहरूले आगामी संयुक्त दलको चुनाव चिह्न “पाँच कुने तारा” तोकेका छन् भने नयाँ पार्टीको नाम भने अन्तिम रूपमा तय हुन बाँकी छ ।

माक्र्सवाद–लेलिनवादमा आधारित पार्टी, महाधिवेशन ६ महिनाभित्र
सहमति पत्रमा भावी पार्टीको वैचारिक आधार माक्र्सवाद–लेलिनवाद हुने उल्लेख गरिएको छ । साथै, एकता प्रक्रियालाई औपचारिक रूप दिने उद्देश्यले आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने उल्लेख छ ।

घोषणा बुधबार, संयुक्त बैठक बिहीबार
एकता घोषणाको तयारी अन्तिम चरणमा पुगेको माओवादी केन्द्रका नेताहरूले जनाएका छन् । बुधबार एकता घोषणा गर्ने र बिहीबार एकीकृत पार्टीको संयुक्त केन्द्रीय समिति बैठक बस्ने कार्यक्रम तय गरिएको छ । नयाँ संयुक्त केन्द्रीय समितिको आकार आठ सयभन्दा बढी हुने अनुमान गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १८, मंगलवार ०५:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP