मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अस्पतालबाट डिस्चार्ज भए राष्ट्रपति पौडेल

1.1K
SHARES
अस्पतालबाट डिस्चार्ज भए राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य सुधार भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

शनिबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि उनलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । अस्पतालले प्रारम्भिक परीक्षण तथा चिकित्सकीय निगरानीपछि उनको स्वास्थ्यमा सुधार आएको जानकारी दिएको छ ।

चिकित्सक टोलीका अनुसार नियमित जाँच र केही समय आराम आवश्यक रहेको हुँदा राष्ट्रपतिको स्वास्थ्य अवस्था निगरानीमै राखिनेछ । उनलाई केही दिन घरमै विश्राम गर्न सिफारिस गरिएको बताइएको छ ।

राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या आएपछि शनिबार बिहान जेनजी प्रतिनिधिसँग तय भएको छलफल स्थगित गरिएको थियो । उक्त छलफल अब भोलि सोमबारका लागि तय भएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन २६, आईतवार ०६:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP