मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपसभामुख राना हटाउन कांग्रेस–एमाले सक्रिय, हस्ताक्षर संकलन तीव्र

2.2K
SHARES
उपसभामुख राना हटाउन कांग्रेस–एमाले सक्रिय, हस्ताक्षर संकलन तीव्र

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन प्रक्रिया अगाडि बढाउने तयारी गरेका छन् । त्यसका लागि दुुई दलले आफ्ना सांसदहरूबाट हस्ताक्षर संकलन सुरु गरेका हुन् ।

मंगलबार बिहानदेखि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सांसदहरूलाई बोलाएर कांग्रेस र एमालेले हस्ताक्षर अभियान थालेका छन् । उपसभामुख रानामाथि अमेरिकी राजदूतावासमा आफ्नो लेटरप्याड प्रयोग गरेर अमेरिका लैजाने भिसा सिफारिसको पत्र पठाएको आरोप छ ।

कांग्रेसले पदाधिकारी बैठक सकेसँगै आफ्ना सांसदहरूलाई दलको कार्यालयमा उपस्थित हुन भनेको छ । उता एमालेले पनि सांसदहरूलाई दिउँसो २ बजेसम्म हस्ताक्षरका लागि बोलाएको एक सांसदले बताए । सोमबार साँझ बालुवाटारमा कांग्रेस–एमाले शीर्ष नेताहरूबीच भएको बैठकपछि उपसभामुख हटाउने विषयमा सहमति बनेको थियो ।

उक्त बैठकमा महान्यायाधिवक्ता रमेश बडालसमेत उपस्थित थिए । सामाजिक सञ्जाल नियमनसम्बन्धी सर्वोच्च अदालतको फैसलाका साथै उपसभामुख हटाउनेबारे पनि सो बैठकमा चर्चा भएको थियो ।

उपसभामुख रानाविरुद्ध यसअघि पनि हटाउने चलखेल चलेको थियो तर दलहरूबीच सहमति नजुट्दा प्रक्रिया अघि बढ्न सकेको थिएन । यस पटक भने सत्ता गठबन्धनमा रहेका कांग्रेस र एमालेले संयुक्त रूपमा प्रस्ताव अघि बढाउन लागेका हुन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ३, मंगलवार ०६:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP