मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मौसम पूर्वानुमान: केही स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना

897
SHARES
मौसम पूर्वानुमान: केही स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशभर अहिले पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको तल्लो वायुमण्डलीय न्यून चापीय क्षेत्रको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल मधेस, बागमती र गण्डकी प्रदेशसहित कोशी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने अन्य तराई क्षेत्रमा आंशिक बदलीको अवस्था छ ।

आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा सामान्य बदली रहने तथा तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि हल्का देखि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना समेत रहेको छ ।

यस्तै, तराईका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली कायम रहनेछ । ती प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख २६, शनिबार ००:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP