मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काभा पुरुष भलिबल: पहिलो जितको लक्ष्यसहित श्रीलंकाविरुद्ध भिड्दै नेपाल

338
SHARES
काभा पुरुष भलिबल: पहिलो जितको लक्ष्यसहित श्रीलंकाविरुद्ध भिड्दै नेपाल

काठमाडौं । काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आज आफ्नो दोस्रो खेल श्रीलंकासँग खेल्दैछ । पाकिस्तानको इस्लामावादमा जारी खेल गारिसन जिन्नाह स्पोर्ट्स कम्प्लेक्समा हुनेछ । यो प्रतिस्पर्धा नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ ।

दुवै टोली पहिलो खेलमा पराजित भएकाले आजको भेट जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने अवसरका रूपमा हेरिएको छ । नेपाल पहिलो खेलमा कजाखस्तानसँग पाँच सेटसम्म चलेको रोमाञ्चक प्रतिस्पर्धामा पराजित भएको थियो । दुई सेटले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै खेल बराबरीमा ल्याए पनि निर्णायक पाँचौं सेटमा नेपाल हार्न पुगेको थियो ।

यता श्रीलंका भने आफ्नो पहिलो खेलमा घरेलु टोली पाकिस्तानसँग सोझो सेटमा पराजित भएको थियो । त्यसैले आजको खेल दुवै टोलीका लागि प्रतियोगिताको पहिलो जित निकाल्ने महत्वपूर्ण अवसर हुनेछ ।

एफआईभिबी विश्व वरियताअनुसार नेपाल हाल ८४औँ स्थानमा रहेको छ भने श्रीलंका ८८औँ स्थानमा छ । कजाखस्तानसँगको प्रतिस्पर्धापछि नेपाल पहिलो पटक विश्व वरियतामा समावेश भएको हो ।

आजै प्रतियोगिताअन्तर्गत कजाखस्तान र उज्वेकिस्तान तथा पाकिस्तान र बंगलादेशबीच पनि खेल हुनेछ । सेन्ट्रल एसियाका ६ राष्ट्र सहभागी प्रतियोगितामा सबै टोलीले एकअर्कासँग खेल्नेछन् र शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण ७, बिहीबार ००:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP