मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुनसरीमा भिनाजुले गोली हानेर सालीको हत्या

3.2K
SHARES
सुनसरीमा भिनाजुले गोली हानेर सालीको हत्या

सुनसरी । हरिनगर गाउँपालिका–६ स्थित घुस्कीमा एक किशोरीको ज्यान लिने गरी गोली प्रहार भएको छ । आइतबार राति करिब १ बजे टाउकोमा गोली लागेर १८ वर्षीया अर्सी खातुनको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार अर्सीलाई उनका भिनाजु, भारतको पत्राहा पञ्चायत–१६ घुर्नाका २९ वर्षीय आजात मिया जटले गोली प्रहार गरेका थिए । गोली लाग्ने बित्तिकै अर्सीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुमनकुमार तिम्सिनाले पुष्टि गरे ।

घटनास्थलमा गोलीको एउटा खोका फेला परेको छ भने मिया हालसम्म फरार छन् । उनको खोजीका लागि प्रहरी परिचालन गरिएको छ ।

गोली किन चलाइयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । घटनास्थल नेपाल–भारत सीमाबाट नजिकै भएकाले अनुसन्धान थप जटिल भएको प्रहरीले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार ३०, सोमबार ०४:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP