मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

हरिपुर्वामा गोली प्रहार, एकको ज्यान गयो

2.7K
SHARES
हरिपुर्वामा गोली प्रहार, एकको ज्यान गयो

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–६ मा शुक्रबार बेलुका अज्ञात समूहको गोली प्रहारबाट एक पुरुषको मृत्यु भएको छ । प्रहरीका अनुसार ४५ वर्षीय रामपुकार राय यादवको टाउकोमा गोली लगाउँदा घटनास्थल नजिकै उनी ढलेका थिए ।

यादव घरको आँगनमा छरछिमेकसँग गफ गर्दै बसेका बेला मोटरसाइकलमा आएका दुई अपरिचित व्यक्तिले “रामपुकार को हो ?” भनेर सोध्दै पेस्तोल निकालेर गोली प्रहार गरेका प्रत्यक्षदर्शीले बताएका छन् । गम्भीर घाइते उनलाई महोत्तरीस्थित एक स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गोली हानेर भाग्दै गरेका दुईमध्ये उनीहरू चढेको मोटरसाइकल हरिपुर्वाको बसन्तपुर क्षेत्रमा दुर्घटनामा परेको र सो क्रममा एक जना भाग्न सफल भएको प्रहरीले जनाएको छ । अर्का व्यक्ति घाइते अवस्थामा पक्राउ परी जनकपुरमा प्रहरी निगरानीमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईले जानकारी दिए ।

प्रहरीका अनुसार घटनामा संलग्नको पहिचान भइसकेको छ र विस्तृत अनुसन्धान जारी छ ।

मृतक यादव अघिसम्म मलंगवा क्षेत्रको निजी विद्यालयमा शिक्षकका रूपमा कार्यरत भए पनि पछिल्लो समय खेतीपातीमै संलग्न थिए । घटनापछि गाउँमा त्रास फैलिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ३१, शनिबार ०६:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP