मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उदयपुर र सिन्धुलीमा ठूलो परिमाणको गाँजासहित तीन जना पक्राउ

2.5K
SHARES
उदयपुर र सिन्धुलीमा ठूलो परिमाणको गाँजासहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले उदयपुर र सिन्धुली जिल्लाबाट ठूलो परिमाणको अवैध लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार, चौदण्डीगढी नगरपालिका–१ रानीटारस्थित एक घरबाट करिब ११४३ किलो २७५ ग्राम गाँजा बरामद गरिएको हो। उक्त गाँजा रत्न माया श्रेष्ठको घरमा लुकाइएको भन्ने सूचनाका आधारमा प्रहरीले बिहीबार दिउँसो छापा मारेको थियो । घर तलासीका क्रममा ३५ वटा बोराभित्र गाँजा भेटिएको प्रहरीले जनाएको छ। घटनासँग सम्बन्धित भन्दै रत्न माया श्रेष्ठ र ४२ वर्षीया कमला श्रेष्ठलाई पक्राउ गरिएको छ ।

यस्तै, सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका–२ झनझनेबाट पनि गाँजासहित एक युवक पक्राउ परेका छन् । कुलेखानीबाट सिन्धुलीतर्फ जाँदै गरेको बोलेरो पिकअप (प्र.२-०३-००१ च ५६७१) मा लुकाइछिपाई ल्याउँदै गरिएको १०७ किलो ११० ग्राम गाँजा शुक्रबार बिहान बरामद गरिएको हो । झनझने प्रहरी चौकीबाट खटिएको टोलीले बोलेरोको सिमेन्टको बोरा भित्र लुकाइएको अवस्थामा गाँजा फेला पारेको थियो ।

पिकअप चालक रौतहटको गरुडा नगरपालिका–४ का १९ वर्षीय गोपाल साहलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ जेष्ठ १६, शुक्रबार ०९:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP