मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

डेटिङ एप र क्रिप्टो कारोबारमा संलग्न ६ चिनियाँ नागरिक समेत ५२ जना पक्राउ

2.9K
SHARES
डेटिङ एप र क्रिप्टो कारोबारमा संलग्न ६ चिनियाँ नागरिक समेत ५२ जना पक्राउ

काठमाडौं । अवैध रूपमा डेटिङ एप सञ्चालन र क्रिप्टो कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले ५२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ६ जना चिनियाँ नागरिक छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट खटिएको टोलीले ललितपुर महानगरपालिका–४ स्थित दमकल चोकको एक घरमा ‘सोसियल सफ्टवेयर डेभलपमेन्ट कम्पनी’को नाममा दर्ता गराई कल सेन्टर तथा ‘मेटो डेटिङ एप’ अवैध रूपमा सञ्चालन गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

उक्त कम्पनीको शाखा काठमाडौं महानगरपालिका–१३ चागलस्थित अर्को घरमा समेत सञ्चालनमा रहेको भेटिएको प्रहरीले जनाएको छ । त्यहाँबाट विभिन्न नेपाली युवतीहरूलाई प्रलोभनमा पारेर अनलाइन डेटिङ स्क्याम र क्रिप्टो कारोबार गरिँदै आएको अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका व्यक्तिहरूको साथबाट स्रोत नखुलेको नगद १३ लाख ९९ हजार ९५० रुपैयाँ, सात थान ल्यापटप र ५४ थान मोबाइलसमेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

छ जना चिनियाँ नागरिकमाथि अभौतिक मुद्रासम्बन्धी मुद्दा दर्ता गरिएको छ भने बाँकी ४६ जनामाथि आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको सीआईबीले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार १९, बिहीबार १२:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP