मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजस्व संकलनमा कमजोरीः सशस्त्र प्रहरीका १६ अधिकारी जिम्मेवारीबाट हटाइए

2.6K
SHARES
राजस्व संकलनमा कमजोरीः सशस्त्र प्रहरीका १६ अधिकारी जिम्मेवारीबाट हटाइए

काठमाडौं । सीमा भन्सारमा राजस्व संकलन र कार्यसम्पादन कमजोर देखिएपछि सशस्त्र प्रहरीले एसपी र डीएसपीसहित १६ जनालाई जिम्मेवारीबाट हटाएको छ ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार प्रधान कार्यालयले आइतबार १ एसपी, १ डीएसपी, ७ इन्सपेक्टर, ६ सई र १ असईलाई कमान्डको जिम्मेवारीबाट फिर्ता पठाएको हो ।

रौतहटस्थित सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गणका कमान्डर एसपी सन्तोष कुमार बस्नेतलाई फिर्ता गरी रामहरी अधिकारीलाई जिम्मेवारी दिइएको छ ।

बारा जिल्लामा हटाइएकाहरू

  • निरीक्षक जीवनलाल बुढा (बीओपी कबहीगोठ)
  • नायब निरीक्षक केदारबहादुर परियार (बीओपी झिटकैया)
  • नायब निरीक्षक हरिप्रसाद लम्साल (फरवार्ड बेस बलिरामपुर)
  • नायब निरीक्षक गणेश गिरी (फरवार्ड बेस छतवा)
  • सहायक निरीक्षक शिव शंकरप्रसाद चौधरी (झरखोर पोस्ट)

पर्सा जिल्लामा हटाइएकाहरू

  • निरीक्षक सन्जीव बानिया क्षेत्री (बीओपी प्रसौनी भाठ्ठा)
  • निरीक्षक नरेश सुवाल बाटा (बीओपी दक्षिण झिटकैया)
  • नायब निरीक्षक भीमबहादुर क्षेत्री (सुरक्षा बेस बहुअर्वाभाठा)
  • नायब निरीक्षक झक्कुप्रसाद ओली (फरवार्ड बेस जयमंगलापुर)

अन्य जिल्लामा हटाइएकाहरू

  • निरीक्षक रुपक नापीत (भुजहवा, पश्चिम नवलपरासी)
  • नायब उपरीक्षक नवीन चन्द (खोनपु, कैलाली)
  • निरीक्षक रामशरण विष्ट (बीओपी कुसुमघाट, कैलाली)
  • निरीक्षक खगेन्द्र बहादुर चन्द (बीओपी फूलबारी, कैलाली)
  • नायब निरीक्षक मोहन राम मोहर (बीओपी लल्लिपुर, कैलाली)
  • निरीक्षक सूर्य प्रकाश पन्त (बीओपी डोकेबजार, कञ्चनपुर)



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १५, आईतवार १२:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP