मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

माघ महिनाका उत्कृष्ट प्रहरी इन्स्पेक्टर वाङ्गेल लामा

3.6K
SHARES
माघ महिनाका उत्कृष्ट प्रहरी इन्स्पेक्टर वाङ्गेल लामा

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले माघ महिनाका लागि प्रहरी निरीक्षक (इन्स्पेक्टर) वाङ्गेल लामालाई उत्कृष्ट प्रहरी घोषित गरेको छ । परिसरको इन्टेलिजेन्स शाखामा कार्यरत लामालाई उत्कृष्ट कार्यसम्पादनका आधारमा छनोट गरिएको हो।

परिसर प्रमुख एसएसपी रमेश थापाले एक कार्यक्रमबीच लामालाई प्रशंसापत्र प्रदान गर्दै उनको कार्यकुशलता र अनुसन्धान क्षमताको प्रशंसा गरे । अपराध नियन्त्रण, सूचना संकलन तथा अनुसन्धानमा उनले देखाएको सक्रियता मूल्यांकनको मुख्य आधार रहेको परिसरले जनाएको छ ।

प्रहरीका अनुसार लामा विभिन्न जटिल प्रकृतिका घटनाको अनुसन्धान तथा अभियुक्त पक्राउ कार्यमा प्रभावकारी रूपमा संलग्न हुँदै आएका छन् । विशेषगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रमे राई सहित १० जनालाई धम्की दिएको आरोप लागेका प्रकाश पाठकलाई फिलिपिन्सबाट नेपाल ल्याउने प्रक्रियामा पनि उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । अन्तरदेशीय समन्वय र कानुनी प्रक्रिया पूरा गर्दै उनलाई काठमाडौं ल्याउन लामाको पहल निर्णायक बनेको प्रहरी स्रोतको भनाइ छ ।

इन्टेलिजेन्स शाखामा रहँदा उनले आपराधिक गतिविधिको विश्लेषण, सम्भावित जोखिमको पूर्वानुमान तथा सुरक्षा संयन्त्र सुदृढीकरणमा समेत योगदान दिएका छन् । परिसरले उत्कृष्ट प्रहरी घोषणा कार्यक्रमलाई संगठनभित्र प्रतिस्पर्धात्मक र उत्तरदायी कार्यसंस्कृति विकास गर्ने अभियानका रूपमा लिएको जनाएको छ ।

उत्कृष्ट प्रहरी घोषित भएपछि इन्स्पेक्टर लामाले जिम्मेवारी थप बढेको महसुस भएको बताउँदै आगामी दिनमा पनि कानुन कार्यान्वयन र नागरिक सुरक्षामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन ६, बुधबार ०७:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP