मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रुवी साह हत्या प्रकरणः जल्नुअघि पासवानले फेसबुक भिडियोमा स्वीकारेका थिए अपराध

2.3K
SHARES
रुवी साह हत्या प्रकरणः जल्नुअघि पासवानले फेसबुक भिडियोमा स्वीकारेका थिए अपराध

रौतहट । रुवी साह हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवानले आफ्नो शरीरमा आगो लगाउनु अघि भिडियो बनाएर फेसबुकमा सार्वजनिक गरेको पाइएको छ । उक्त भिडियोमा उनले रुवीको हत्या आफूले नै गरेको स्वीकार गरेका छन् ।

भिडियोमा पासवानले रुवीलाई हत्या गरेदेखि आफ्नो हात काँपिरहेको उल्लेख गर्दै भनेका छन्, “रुवीलाई मारेदेखि मेरो हात काँपिरहेको छ । ऊ मरिसकेकी छन्, म बाँचेर के गर्नु ? पक्राउ परे जेल जानुपर्छ, १०-१५ वर्ष सजाय भोग्नुपर्छ ।”

पासवानले रुवीसँगको लामो प्रेमसम्बन्धबारे पनि खुलासा गरेका छन् । उनका अनुसार हत्या अघि रुवी ब्युटीपार्लरबाट आफ्नो कोठामा आएको र दुईबीच ‘एकअर्का बिना बाँच्न नसक्ने’ प्रकारका संवाद भएको थियो । उनले भनेका छन्, “मैले भनेँ मलाई मार, उनले भनिन् मलाई मारिदेऊ ।”

उनका अनुसार स्कुल समयदेखि नै सम्बन्ध सुरु भएको र पछि अदालतमा गएर विवाहसमेत गरेका थिए । तर गरिबी र पारिवारिक तनावका कारण रुवीको हत्या गर्न पुगेको दाबी गरेका छन् ।

गत शनिबार राति १० बजेतिर गौर–सिरसिया सडकखण्ड अन्तर्गत गौर नगरपालिका–९ मुडवालगेटस्थित सडकमा २६ वर्षीया रुवी साहको शव सुटकेसभित्र भेटिएको थियो । रुवी माधव नारायण नगरपालिका–२, माधवपुरकी मूल घर भएकी र भारतको मुजफ्फरपुरमा समेत घर रहेको खुलेको छ । गौरमा डेरा लिएर बस्दै आएकी उनले ४ वर्षीया छोरालाई पढाउँदै आएकी थिइन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार रुवीको गौरकै एक घरमा हत्या गरेर शव रिक्सामा राखी सुटकेसभित्र फालिएको हो । लक्ष्मण पासवानको घर रुवीको माइत टोलमै पर्छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणी गिरीका अनुसार पासवान आज बिहान माधव नारायण नगरपालिका–६ स्थित नहर छेउमा आफैंले शरीरमा आगो लगाएको अवस्थामा भेटिएका थिए । उनलाई नियन्त्रणमा लिएर प्रहरीले उपचारका लागि अस्पताल पठाएको जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ११, बुधबार ०६:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP