मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूत सोङको बिदाइ शिष्टाचार भेट

1.3K
SHARES
प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूत सोङको बिदाइ शिष्टाचार भेट

काठमान्डु । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चिनियाँ राजदूत छन सोङले आज शिष्टाचार भेट गरेका छन् । आफ्नो कूटनीतिक कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेका राजदूत सोङले सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग बिदाइ भेट गरेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटका क्रममा नेपाल–चीन सम्बन्धका बहुआयामिक पक्ष, आपसी सहकार्य र द्विपक्षीय हितका समसामयिक विषयमा छलफल भएको थियो । दुवै पक्षले लामो समयदेखि कायम मित्रवत् सम्बन्धलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सो अवसरमा राजदूत सोङले चीन नेपालका लागि घनिष्ट मित्र मुलुक भएको उल्लेख गर्दै नेपालको विकास निर्माणका विभिन्न क्षेत्रमा चीनले निरन्तर सहयोग गर्दै आएको बताए । उनले भविष्यमा पनि सहयोग, साथ र समर्थन कायम रहने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री कार्कीले राजदूत सोङलाई सफल कार्यकाल पूरा गरेकोमा बधाई दिँदै सुखद यात्राको कामना गरिन् । साथै नेपाल ‘एक चीन’ नीतिप्रति दृढ रूपमा प्रतिबद्ध रहेको र नेपालको भूमिबाट चीनको राष्ट्रिय हितविरुद्ध कुनै गतिविधि हुन नदिने आश्वासन दिइन् ।

प्रधानमन्त्रीले चीनबाट सदाझैँ नेपालको विकास र समृद्धिका प्रयासमा निरन्तर सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गर्दै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुँदै जाने विश्वाससमेत व्यक्त गरिन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष २, बुधबार १२:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP