मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभर साधारण बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

1.6K
SHARES
देशभर साधारण बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर आज दिउँसो र राति सामान्यतया आंशिकदेखि पूर्ण बदली रहने जलवायु पूर्वानुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू(भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ भने तराई भू(भागका थोरै स्थानहरूमा पनि वर्षा हुन सक्ने देखिएको छ ।

यसबाहेक, मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू(भागका एक–दुई स्थानमा आज दिउँसो भारी वर्षा हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ ।

आज रातिको पूर्वानुमान अनुसार पनि देशभर साधारण बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा अन्य पहाड र तराई भू(भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ ।

त्यस्तै, रातिको समयमा कोशी प्रदेशको पहाड र तराई, मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराई भू(भागका एक–दुई स्थानहरूमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ ।

हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सामान्य स्थान वरपर तथा पश्चिमतर्फ सामान्य भन्दा केही उत्तरतिर अवस्थित रहेको जानकारी विभागले दिएको छ ।

वर्षाका कारण पहिरो, बाढी तथा सतही वहाव बढ्ने सम्भावना रहेकोले जोखिमयुक्त स्थानमा सतर्कता अपनाउन यात्रुहरू, कृषकहरू तथा स्थानिय निकायहरूलाई सुझाव दिइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २६, बिहीबार ००:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP