मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रुपन्देही कारागारले लामिछानेको बन्दी कोठामा प्लाइउड हटाएर जाली राख्यो

2.3K
SHARES
रुपन्देही कारागारले लामिछानेको बन्दी कोठामा प्लाइउड हटाएर जाली राख्यो

रुपन्देही । रुपन्देही कारागार कार्यालयले संगठित सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने बस्ने कोठाको झ्यालमा रहेको प्लाइउड हटाएर जाली राखिएको जनाएको छ ।

हालै सञ्चारमाध्यममा बन्दीहरूलाई दिइने सुविधा र व्यवस्थाबारे समाचार आइरहेकोप्रति ध्यानाकर्षण भएको भन्दै कारागार प्रशासनले बिहीबार सूचना जारी गरेको हो ।

कारागारका प्रशासक सुरेश भण्डारीका अनुसार लामिछानेको बन्दी कोठामा सुरुदेखि नै सुरक्षा कारण छुट्टै व्यवस्था गरिएको थियो । सो कोठामा छुट्टै शौचालय पनि रहेको र सुरुमा झ्यालमा प्लाइउड राखिएको भए पनि अहिले त्यसलाई हटाएर जाली जडान गरिएको उनले बताए ।

भण्डारीका अनुसार लामिछानेलाई प्रारम्भदेखि नै टेलिफोन प्रयोग र भेटघाटको सुविधा उपलब्ध गराइएको छ ।

रुपन्देही कारागारको क्षमता २५० जनाको भए पनि हाल त्यहाँ ६४० कैदीबन्दी रहेका छन् । क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी भए पनि उपलब्ध स्रोत साधन प्रयोग गरेर कानुनअनुसार सुविधा दिन प्रयास भइरहेको कारागार प्रशासनले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २९, बिहीबार ०८:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP