मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चितवन राइनोजमाथि पोखरा एभेन्जर्स ८ विकेटले विजयी

2.8K
SHARES
चितवन राइनोजमाथि पोखरा एभेन्जर्स ८ विकेटले विजयी

काठमान्डु । नेपाल प्रिमियर लिग (एनपीएल) टी२० क्रिकेटअन्तर्गत शनिबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले चितवन राइनोजमाथि उत्कृष्ट जित दर्ता गर्दै ८ विकेटको फराकिलो अन्तरबाट विजयी बनेको छ ।

चितवनले दिएको १२१ रनको लक्ष्य पोखराले १९ ओभर ४ बलमै २ विकेट मात्र गुमाएर पूरा गर्‍यो । पोखराका आडन रोसिङटन ले आक्रामक प्रदर्शन गर्दै ४८ बलमा ६५ रन बनाए, जसमा ४ चौका र ५ छक्का समावेश थिए ।

उनलाई साथ दिएका अर्जुन साउद ले ५३ बलमा अविजित ४३ रन जोड्दै टोलीलाई लक्ष्यमाथि पुर्‍याए । साउदले २ चौका र १ छक्का प्रहार गरेका थिए ।

चितवनका बलरहरू मध्ये रिजन ढकाल र सैफ जैब ले समान १–१ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२० रनको मध्यम योगफल बनायो । चितवनका तर्फबाट देव खनालले सबैभन्दा धेरै ३५ रन बनाए । ४१ बल खेलेका उनले १ चौका र १ छक्का प्रहार गरे ।

त्यसैगरी, अल्पेस रमजानी ले २२ बलमा ३३ रन जोडे, जसमा १ चौका र २ छक्का समावेश थिए । कुशल मल्लले पनि २३ बलमा २३ रनको योगदान गरे ।

पोखराका बलर धनञ्जय लक्षनले शानदार प्रदर्शन गर्दै ३ विकेट हात पारे । त्यसैगरी किरण ठगुन्ना, रोहित चन्द र विपिन खत्री ले १–१ विकेट लिन सफल भए ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर २०, शनिबार १३:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP