मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जेनजी आन्दोलनमा भएको क्षतिको विवरण पठाउन स्थानीय तहलाई सरकारको निर्देशन

2.4K
SHARES
जेनजी आन्दोलनमा भएको क्षतिको विवरण पठाउन स्थानीय तहलाई सरकारको निर्देशन

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको क्षतिको विस्तृत विवरण संकलन गर्न देशभरका सबै स्थानीय तहलाई निर्देशन दिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै गाउँपालिका र नगरपालिका कार्यालयहरूलाई पत्राचार गर्दै आवश्यक विवरण अनलाइन पोर्टलमार्फत पठाउन अनुरोध गरेको हो ।

मन्त्रालयद्वारा कात्तिक २७ गते जारी गरिएको पत्रमा आन्दोलनका क्रममा भएको सम्पूर्ण क्षतिको तथ्याङ्क पोर्टलमा प्रविष्ट गर्न सम्बन्धित स्थानीय तहलाई आग्रह गरिएको छ । मन्त्रालयका अनुसार पुनर्निर्माण तथा क्षति व्यवस्थापनका योजना बनाउने उद्देश्यले यस्ता विवरण संकलन आवश्यक भएको हो ।

यसअघि असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानमा परेको क्षतिको मूल्यांकन गर्न पाँच सदस्यीय समिति गठन गरेको थियो । समितिले तथ्य सङ्कलन प्रक्रियामा एकरूपता ल्याउन विशेष अनलाइन पोर्टल तयार पारेको छ, जसमा स्थानीय तहहरूले आफ्नो क्षेत्रअन्तर्गतका सबै कार्यालय तथा संरचनाको क्षतिको विवरण उल्लेख गर्नुपर्नेछ ।

यदि कुनै विवरण छूटिएको भए सोही पोर्टलमार्फत थप जानकारी अपलोड गर्न मन्त्रालयले पुनः आग्रह गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक ३०, आईतवार ००:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP