मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

आज संघीय संसद्का दुवै सदन बस्दै, चार समितिको पनि बैठक

585
SHARES
आज संघीय संसद्का दुवै सदन बस्दै, चार समितिको पनि बैठक

काठमाडौं । संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे सिंहदरबारमा बस्नेछ भने राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे सुरु हुने कार्यतालिका रहेको छ ।

प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

त्यसैगरी, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।

त्यस्तै दिउँसो बस्ने राष्ट्रियसभाको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा सभालाई जानकारी गराउनेछन् ।

बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची पनि रहेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लोक सेवा आयोगको आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यक्रम छ ।

यसैगरी, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले समितिको आर्थिक वर्ष २०८२–८३ को वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेस गर्नेछन् ।

चार संसदीय समितिको बैठक
संसद्का विभिन्न चार वटा समितिको बैठक पनि आज बस्ने भएको छ । निर्धारित कार्यतालिकाअनुसार राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्नेछ । आजका लागि तय भएको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक भने स्थगित गरिएको छ ।

सम्बन्धित समितिहरूले आफ्नो कार्यक्षेत्र अनुसार विभिन्न विषयमा छलफल तथा निर्णय गर्नेछन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन ८, बिहीबार ०१:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP