मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भोलि प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम

2.3K
SHARES
भोलि प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम

काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभाको बैठक भोलि (बुधबार) बस्ने भएको छ, जसमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूले सोध्ने प्रश्नको जवाफ दिने विशेष कार्यक्रमसमेत रहनेछ ।

संघीय संसद् सचिवालयले मंगलबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री ओलीले सांसदहरूको जिज्ञासाको जवाफ दिने कार्यक्रम दोस्रो एजेन्डाका रूपमा समावेश गरिएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो ।

सम्भावित कार्यसूचीको दोस्रो बुँदामा उल्लेख गरिएको छ, ‘सम्माननीय प्रधानमन्त्री के।पी। शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम माननीय सदस्यहरूले सोध्नुभएको प्रश्नको जवाफ दिनुहुनेछ ।’

यस कार्यक्रमलाई संसदीय प्रक्रियामा अत्यन्त महत्वपूर्ण मानिन्छ, जसले सांसदहरूलाई नीति, निर्णय र शासनप्रति प्रत्यक्ष उत्तरदायित्व माग्ने अवसर दिन्छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ६, मंगलवार १२:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP