मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एन्फा र खेलाडी संघबीच संवादका लागि बैठक तय

2.1K
SHARES
एन्फा र खेलाडी संघबीच संवादका लागि बैठक तय

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली फुटबलको विकास र व्यवस्थापनका लागि निरन्तर कार्य भइरहेको बताउँदै खेलाडी संघसँग संवादका लागि मिति तय गरेको छ । एन्फा र ए डिभिजन क्लबहरूबीच विगत केही समयदेखि चलिरहेको असमझदारी समाधानका लागि अब नेपाल फुटबल खेलाडी संघसँग पनि छलफल हुने भएको हो ।

एन्फाले जारी प्रेस विज्ञप्तिमा उल्लेख गरेअनुसार, खेलाडी संघका नेतृत्वसँगको असमझदारी हटाउन तथा फुटबलको समग्र हितका विषयमा विचार आदान–प्रदान गर्न भोलि सोमबार वार्ताका लागि बैठक बोलाएको छ ।

एन्फाका प्रवक्ता सुरेश शाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “एन्फा र नेपाल फुटबल खेलाडी संघबीच माया, सम्मान र फुटबलको हितका लागि संवादात्मक वातावरण सृजना गर्ने प्रयास अन्तर्गत बैठक आयोजना गरिएको हो ।”



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २३, आईतवार १३:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP