मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपनिर्वाचन लक्षित गर्दै मतदाता नामावली अद्यावधिक प्रक्रिया सुरु, अठार वर्षे उमेरको म्याद तय

2.6K
SHARES
उपनिर्वाचन लक्षित गर्दै मतदाता नामावली अद्यावधिक प्रक्रिया सुरु, अठार वर्षे उमेरको म्याद तय

काठमाडौं । आउँदो २०८२ सालको कात्तिक १७ गते (२०७९ सालको प्रतिनिधि सभाको चुनावपछिको उपनिर्वाचन) मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनलाई लक्षित गर्दै रुपन्देही क्षेत्र नम्बर ३ मा मतदाता नामावली अद्यावधिकको प्रक्रिया सुरु भएको छ ।

निर्वाचन आयोगले २०८२ साल असार २९ गतेको निर्णयअनुसार मतदाता नामावली अद्यावधिक गर्ने कार्य अघि बढाएको हो । यसक्रममा मतदाता बन्न चाहने व्यक्तिको उमेर २०८२ साल कात्तिक १६ गतेसम्म १८ वर्ष पूरा भएको हुनुपर्ने आयोगले स्पष्ट पारेको छ ।

अद्यावधिकका लागि २०८२ असार १६ गतेसम्म देशभरबाट संकलित विवरणलाई समेटिनेछ भने त्यसपछि प्राप्त विवरण समावेश हुने छैन । अद्यावधिक गरिएको प्रारम्भिक नामावली २०८२ साउन १४ गते आयोगको वेबसाइट www.election.gov.np मा प्रकाशन गरिनेछ ।

त्रुटि सच्याउने एक साताको अवसर
प्रारम्भिक नामावली सार्वजनिक भएपछि साउन १५ देखि २२ गतेसम्म मतदाताले निम्न कार्यहरू गर्न सक्नेछन्ः

— नाम, ठेगाना, उमेर लगायत विवरणमा रहेको त्रुटि सच्याउन निवेदन दिनु

— झुट्टा विवरण दिएर नामावलीमा नाम समावेश गरिएका विरुद्ध उजुरी दिनु

— एकभन्दा बढी स्थानमा नाम समावेश भएमा एउटै स्थानमा सीमित गर्न निवेदन दिनु

— मृतक वा नागरिकता त्याग गरेका व्यक्तिको नाम हटाउन सूचना दिनु

यसरी प्राप्त निवेदन, उजुरी तथा सुझावका आधारमा आयोगले आवश्यक संशोधन गरी २०८२ भदौ २५ गते अन्तिम मतदाता नामावली प्रकाशित गर्नेछ ।

अनलाइन माध्यमबाट पनि निवेदन
निर्वाचन आयोगले जानकारी गराएअनुसार मतदाता नामावली अद्यावधिक प्रक्रियामा आम नागरिकको सहभागिता अत्यन्त महत्वपूर्ण रहनेछ । यसैले, साउन १५ देखि २२ गतेसम्म अनलाइन प्रणालीमार्फत पनि निवेदन, सूचना र उजुरी दिन सकिने व्यवस्था मिलाइएको छ ।

निर्वाचन आयोगले सबै योग्य नागरिकलाई मतदाता नामावली अद्यावधिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन अनुरोध गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार २९, आईतवार ११:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP