मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सप्तरीमा प्रहरीको गोलीबाट युवकको मृत्यु, मदिरा तस्करी रोक्ने प्रयासमा झडप

2.5K
SHARES
सप्तरीमा प्रहरीको गोलीबाट युवकको मृत्यु, मदिरा तस्करी रोक्ने प्रयासमा झडप

राजविराज । सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ । मदिरा तस्करी रोक्न गएका प्रहरीमाथि स्थानीयले अवरोध गरेपछि स्थिति तनावग्रस्त बनेको थियो ।

प्रहरीका अनुसार मंगलबार राति ‘सर्च अपरेसन’को क्रममा झडप चर्किएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गरेको थियो । गोली लागेर गम्भीर घाइते भएका लालु यादवको उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा मृत्यु भएको हो । यादवको उमेर करिब ३६ वर्ष रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार स्थानीय बासिन्दाले सुरक्षा टोलीमाथि अवरोध गरेपछि केही राउण्ड गोली चलाइएको थियो । “स्थिति नियन्त्रणबाहिर जाँदै थियो,” उनले भने, “त्यस क्रममा एक स्थानीयको ज्यान गयो भने एक जना प्रहरी पनि घाइते भएका छन् ।”

सर्च अपरेसनका क्रममा भारततर्फ तस्करी गर्न लागिएको केही कार्टुन मदिरा पनि प्रहरीले बरामद गरेको छ। सीमा क्षेत्रबाट मदिरा भण्डारण गरी तस्करी भइरहेको सूचनाका आधारमा कारबाही गरिएको प्रहरीले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २१, बुधबार ०४:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP