मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

आन्दोलनमा प्रहरीलाई निशाना बनाउने प्रवृत्ति रोक्नुपर्ने आईजिपी कार्कीको आग्रह

2.6K
SHARES
आन्दोलनमा प्रहरीलाई निशाना बनाउने प्रवृत्ति रोक्नुपर्ने आईजिपी कार्कीको आग्रह

काठमान्डु । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आन्दोलनका क्रममा शान्ति सुरक्षामा खटिएका प्रहरीलाई नै लक्षित गर्ने प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले यस्तो अभ्यास लोकतान्त्रिक अभ्यास र सामाजिक सहअस्तित्व दुवैका लागि घातक हुने भन्दै यसको अन्त्य हुनुपर्ने बताएका छन् ।

आइतबार काठमान्डुको बौद्धस्थित पुनर्निर्मित प्रहरी कार्यालयको उद्घाटन समारोहमा बोल्दै आईजिपी कार्कीले आन्दोलनका बेला प्रहरीलाई “चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो” बनाउने मानसिकता देखिएको उल्लेख गरे । शान्तिपूर्ण आन्दोलन नागरिकको अधिकार भए पनि त्यसको आडमा सुरक्षाकर्मीमाथि आक्रमण हुनु स्वीकार्य नहुने उनको भनाइ थियो ।

उनले देशभर शान्ति सुरक्षा कायम गर्न नागरिक र प्रहरीबीचको साझेदारी अत्यन्त आवश्यक रहेको बताए। प्रहरी र नागरिकबीचको विश्वास र सहकार्य मजबुत भए मात्र समाजमा स्थायित्व र अमनचयन कायम हुन सक्ने भन्दै उनले दुवै पक्षबीचको सम्बन्ध थप प्रगाढ बनाउँदै अघि बढ्न निर्देशन दिए ।

आन्दोलनका क्रममा प्रहरीमाथि आक्रमण र आलोचना भए पनि अन्ततः शान्ति सुरक्षा कायम गर्न प्रहरीकै आवश्यकता पर्ने यथार्थ सबैले बुझ्न जरुरी रहेको आईजिपी कार्कीले बताए । उनले संयम, संवाद र सहकार्यबाटै सामाजिक समस्याको समाधान सम्भव हुने धारणा राखे ।

जनेजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षति पुगेको बौद्ध प्रहरी कार्यालय पुनर्निर्माण भएसँगै सेवा पुनः सञ्चालनमा आएको छ । उक्त कार्यालयको उद्घाटनसँगै प्रहरी सेवामा सहजता आउने र स्थानीय तहमा सुरक्षा व्यवस्थापन थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर २८, आईतवार १०:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP