मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एआईजी वंशीराज दाहाल सशस्त्र प्रहरी सेवाबाट बर्खास्त

572
SHARES
एआईजी वंशीराज दाहाल सशस्त्र प्रहरी सेवाबाट बर्खास्त

काठमाडौं । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ । आचरण उल्लंघन, अनुशासनहीनता तथा संगठनको प्रतिष्ठामा आँच पुर्‍याएको कसुरमा गृह मन्त्रालयले उनीमाथि विभागीय कारबाही गरेको हो ।

गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै दाहाललाई सशस्त्र प्रहरी सेवाबाट हटाउने निर्णय गरिएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार उनलाई २०८३ असोज २३ गतेदेखि लागू हुने गरी सेवाबाट हटाइएको हो ।

मन्त्रालयले दाहालले बारम्बार आचरणसम्बन्धी नियम उल्लंघन गरेको, अनुशासनहीन कार्य गरेको तथा नेपाल सरकार वा आफू कार्यरत संगठनको मानप्रतिष्ठा र छविमा आँच पुग्ने गतिविधि गरेको जनाएको छ ।

यिनै कसुरका आधारमा उनीमाथि विभागीय कारबाही गरिएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमार्फत दाहाललाई सेवाबाट हटाइएको औपचारिक जानकारी सार्वजनिक गरिएको हो ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन २४, शनिबार ००:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP