मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रधानमन्त्री कार्कीले भोलि राष्ट्रलाई सम्बोधन गर्दै

2.4K
SHARES
प्रधानमन्त्री कार्कीले भोलि राष्ट्रलाई सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भोलि (बिहीबार) साँझ ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छिन् । कार्यतालिका अनुसार सम्बोधन सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा हुने भएको हो ।

कार्की जेन–जी आन्दोलनपश्चात २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी थिइन् । भदौ २३ र २४ गते भएको शक्तिशाली प्रदर्शनपछि बनेको राजनीतिक परिस्थितिले उनलाई नेतृत्वमा ल्याएको थियो ।

उनी नेतृत्वको अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते निर्वाचन गर्ने घोषणा गरिसकेको छ । निर्वाचनको तयारीसँगै सरकार निरन्तर चाप र चुनौतीबीच अघि बढिरहेको छ ।

प्रधानमन्त्रीको भोलिको सम्बोधनमा आगामी निर्वाचन, राजनीतिक स्थिरता र अन्तरिम सरकारको कार्यसूचीबारे स्पष्ट सन्देश आउने अपेक्षा गरिएको छ । स्रोतका अनुसार सम्बोधनमार्फत कार्कीले जनतालाई आश्वस्त पार्ने प्रयास गर्नेछन् ।

विशेषगरी, आन्दोलनपश्चात उत्पन्न असन्तुष्टि, निर्वाचनमा जनताको सहभागिता र मुलुकलाई स्थायित्वतर्फ लैजाने खाका सम्बोधनको मुख्य एजेन्डा हुने अनुमान गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ८, बुधबार १३:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP