मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मोटरसाइकल चर्को आवाजमा चलाएको विषयमा विवाद पछि हत्या, ८ जना पक्राउ

2.5K
SHARES
मोटरसाइकल चर्को आवाजमा चलाएको विषयमा विवाद पछि हत्या, ८ जना पक्राउ

स्याङ्जा । वालिङ नगरपालिका–५ बाहुनडाँडाका ३२ वर्षीय ढालबहादुर थापा हत्या अभियोगमा ८ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार वालिङ–५ जर्कोटमा मोटरसाइकल चर्को आवाजमा चलाएको विषयमा विवाद भएपछि शनिबार राति थापामाथि समूहले कुटपिट गरेको थियो । गम्भीर घाइते भएका उनलाई तत्काल गण्डकी मेडिकल कलेज, पोखरा लगिएको तर आइतबार बिहान उपचारकै क्रममा मृत्यु भएको हो ।

यस प्रकरणमा पक्राउ परेकामध्ये हरिनास गाउँपालिका–५ का २२ वर्षीय सिजन थापा, २० वर्षीय विवेक मानन्धर, २३ वर्षीय गुरु प्रसाद लम्साल (गोरे), २३ वर्षीय विश्वास वाग्ले, १७ वर्षीय एक किशोर, वालिङ नगरपालिका–६ का २२ वर्षीय निशान थापा, चापाकोट नगरपालिका–५ का २४ वर्षीय अनिल शाही ठकुरी र १८ वर्षीय एक किशोर रहेका छन् ।

घटनापछि जिल्ला प्रहरी कार्यालय स्याङ्जा र वडा प्रहरी कार्यालय वालिङले विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । उनीहरू उपर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत स्याङ्जाबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १०, मंगलवार १२:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP