मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चक्रे मिलनसहित १९ जनालाई धरौटीमा रिहा गर्ने अदालतको आदेश

2.3K
SHARES
चक्रे मिलनसहित १९ जनालाई धरौटीमा रिहा गर्ने अदालतको आदेश

काठमाडौं । गुण्डा नाइकेका रूपमा चिनिने मिलन गुरुङ (चक्रे मिलन) लाई ३० हजार रुपैयाँ धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । न्यायाधीश खिमानन्द भुसालको इजलासबाट बुधबार दिइएको आदेशअनुसार, चक्रेसहित सबै १९ जना अभियुक्तलाई धरौटीमा छाड्ने निर्णय भएको हो ।

अदालतले चक्रे मिलनसँगै राजेश खड्कालाई पनि ३० हजार धरौटी तोकेको छ । यस्तै, गणेशबहादुर बोगटी, डिल्लीराज कँडेल र रितिक लामालाई २० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको छ ।

१० हजार रुपैयाँ धरौटीमा रिहा हुनेहरूमा निराजन पौडेल, रोशन सुवेदी, सन्दिप केसी, यामु पौडेल, सौरभ सुनार, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्रकाश गोले, अमिर आले मगर, राहुल खड्का, उत्तम महर्जन, प्रनिश केट्टेल, राजु परियार र सफल (सुजल) शाही छन् ।

अदालतको आदेशपछि सबै अभियुक्तहरू धरौटी रकम बुझाउने प्रक्रियामा छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले चक्रेसहित १९ जनाविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरेको थियो । १५ साउनमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंले संयुक्त अपरेशनमार्फत उनीहरूलाई महाराजगञ्जस्थित होटल साम्बालाबाट नियन्त्रणमा लिएको थियो । उक्त अपरेशनमा ४७ जना पक्राउ परेका थिए, जसमा २८ जनालाई पछि छाडिएको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २८, बुधबार १२:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP