मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

युके रोजगारीको नाममा ११ करोड ठगी, दुई जना काठमाडौंबाट पक्राउ

3.7K
SHARES
युके रोजगारीको नाममा ११ करोड ठगी, दुई जना काठमाडौंबाट पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभन देखाउँदै ११ करोडभन्दा बढी रकम ठगी गरेको अभियोगमा दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकामध्ये एक मोरङको रतुवामाई नगरपालिका–१० निवासी ४४ वर्षीय लक्ष्मण पराजुली हुन् भने अर्का धनुषाको सबेला नगरपालिका–१२ निवासी ४७ वर्षीय अरुणराज शर्मा रहेका छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जेठ २५ गते नरेफाँटबाट पक्राउ गरेको हो। कार्यालयका प्रवक्ता तथा एसपी काजिकुमार आचार्यका अनुसार, पराजुली र शर्माले ३८ जनालाई युके पठाइदिने भन्दै ११ करोड ६ लाख ९७ हजार रुपैयाँ ठगेका थिए ।

हाल उनीहरुलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ



अगुल्टो अगुल्टो   
  • २०८२ जेष्ठ २७, मंगलवार ०५:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP