मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रुपन्देही–३ उपनिर्वाचनः २६ दल निर्वाचनमा होमिने

1.9K
SHARES
रुपन्देही–३ उपनिर्वाचनः २६ दल निर्वाचनमा होमिने

काठमाडौं । आगामी कात्तिक १७ गते रूपन्देही क्षेत्र नं ३ मा हुन लागेको उपनिर्वाचनका लागि निर्वाचन आयोगले २६ राजनीतिक दललाई आधिकारिक रूपमा दर्ता गरेको छ ।

आयोगमा दर्ताका लागि पुगेका २७ दलमध्ये आवश्यक कानुनी प्रक्रिया पूरा गरेका २६ दललाई सोमबारको निर्णयबाट दर्ता गरिएको प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ता प्रक्रिया सम्पन्न गरिएको हो ।

दर्ता भएका दलमा मंगोल नेशनल अर्गनाइजेशनदेखि राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका लागि नेपाली पार्टी, जनमत पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, जनता समाजवादी पार्टी, नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा (माओवादी केन्द्र), जनप्रजातान्त्रिक पार्टी नेपाल र नेकपा (एमाले) सम्म समेटिएका छन् ।

यस्तै, नेकपा माक्र्सवादी (पुष्पलाल), संयुक्त नागरिक पार्टी, नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), नेकपा (माले), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेशनल रिपब्लिक नेपाल, राष्ट्रिय मातृभूमि पार्टी, नेपाली जनता दल पनि दर्ता भएका छन् ।

त्यसैगरी राष्ट्रिय यथार्थवादी पार्टी नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल जनमुक्ति पार्टी, हाम्रो नेपाली पार्टी, बहुजन शक्ति पार्टी र खम्बुवान राष्ट्रिय मोर्चाले पनि उपनिर्वाचनमा सहभागिता जनाउनेछन् ।

यता नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी भने यसपटक दर्ता प्रक्रियामा सहभागी भएनन् । नागरिक उन्मुक्तिले संयुक्त लोकतान्त्रिक मोर्चामार्फत उपनिर्वाचनमा उत्रने तयारी गरिए पनि आन्तरिक विवादले गर्दा समयमै दर्ता हुन नसकेको आयोगले जनाएको छ ।

आयोगले उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गर्दै उम्मेदवार मनोनयन असोज २१ गते गर्ने जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ३, मंगलवार ०६:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP