मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सेवा निवृत्त आइजिपी खापुङको विदेश यात्रा रोक, उपत्यका पनि छाड्न नपाउने

1.5K
SHARES
सेवा निवृत्त आइजिपी खापुङको विदेश यात्रा रोक, उपत्यका पनि छाड्न नपाउने

काठमाडौं । भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगले नेपाल प्रहरीका निवर्तमान तथा सेवा निवृत्त प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्रकुवेर खापुङलाई विदेश जान रोक लगाउने निर्णय गरेको छ ।

आयोगको आज बसेको बैठकले खापुङलाई हाललाई देश बाहिर जान नपाउने गरी नियन्त्रणमा राख्ने निर्णय गरेको हो । साथै, आयोगको पूर्वअनुमति बिना उनले काठमाडौं उपत्यका पनि छाड्न नपाउने व्यवस्था गरिएको छ ।

आयोगका अनुसार, सो निर्णय अनुसन्धानलाई प्रभावकारी र निष्पक्ष बनाउने उद्देश्यले गरिएको हो । भदौ २३ र २४ गते भएका घटनामा तत्कालीन प्रहरी नेतृत्वको भूमिका विवादित बनेपछि खापुङमाथि आयोगको ध्यान केन्द्रित भएको हो ।

प्रहरी स्रोतका अनुसार आयोगले खापुङसँग घटनाका बिभिन्न चरणबारे लिखित र मौखिक स्पष्टीकरण माग्ने तयारी समेत गरेको छ । आवश्यक परे थप प्रमाण संकलनका लागि उनीसँग प्रत्यक्ष बयान पनि लिने बताइएको छ ।

भदौ २३ र २४ गते देशका विभिन्न ठाउँमा भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीको कारबाहीले सर्वसाधारणमा आक्रोश फैलिएको थियो । सोही घटनाको कारण उच्चस्तरीय छानबिनको आवश्यकता महसुस गर्दै सरकारले आयोग गठन गरेको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २७, बिहीबार ११:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP