मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भोटेकोशी बाढी: मृतकको सङ्ख्या ६१६ पुग्यो, २ हजार ३०१ को उद्धार

286
SHARES
भोटेकोशी बाढी: मृतकको सङ्ख्या ६१६ पुग्यो, २ हजार ३०१ को उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ६१६ पुगेको छ । नेपाल प्रहरीका अनुसार बाढीपछि विभिन्न जिल्लाबाट ६१६ जनाको शव फेला परेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार रसुवामा १३, धादिङमा ४५, तनहुँमा ३१, नुवाकोटमा ४१, गोरखामा ४८, चितवनमा २२२, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ४७ जनाको शव फेला परेको छ ।

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म २ हजार ३०१ जनाको उद्धार गरिएको छ । उद्धार हुनेमा नुवाकोटका १ हजार ६२२, रसुवाका ६७६ र धादिङका तीन जना रहेका छन् ।

बाढीमा घाइते भएकामध्ये केहीलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । प्रहरीका अनुसार काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भइसकेका गरी हालसम्म १४० जना रहेका छन् ।

बाढीका कारण नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका साथै भन्सार र अध्यागमन कार्यालयमा कार्यरत केही कर्मचारीसमेत सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार नेपाली सेनाका ४४, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरी बल नेपालका १३ जना कर्मचारीको अवस्था अझै अज्ञात छ ।

यसैगरी सर्वसाधारणसहित बाढीमा परी हालसम्म २ हजार ३८१ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा बेपत्ता व्यक्तिको खोजी तथा उद्धारलाई सुरक्षा निकायले निरन्तरता दिइरहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र १३, शनिबार ०६:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP