मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एनपीएल-२: आज लुम्बिनी र काठमान्डुबीच रोमाञ्चक भिडन्त

2.5K
SHARES
एनपीएल-२: आज लुम्बिनी र काठमान्डुबीच रोमाञ्चक भिडन्त

काठमान्डु । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणअन्तर्गत आज (मंगलबार) लुम्बिनी लायन्स र काठमाडौं गुर्खाज आमनेसामने हुने भएका छन् । काठमान्डुको नेतृत्व करण केसीले गरिरहेका छन् भने लुम्बिनीलाई राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले अघि बढाइरहेका छन् ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा दिउँसो ४ः०० बजे सुरु हुने यो खेल दुवै टोलीका लागि अत्यन्तै महत्वपूर्ण मानिएको छ ।

तीन खेल खेलेको काठमान्डु र दुई खेल खेलेको लुम्बिनी दुवैले समान दुई–दुई अंक जोडेर क्रमशः तेस्रो र चौथो स्थानमा छन् । उद्घाटन खेलमा जनकपुरलाई ५ विकेटले हराउँदै दमदार सुरुआत गरेको काठमान्डु पछिल्ला दुई खेलमा (सुदूरपश्चिमसँग २९ रनले र विराटनगरसँग ५ विकेटले) पराजित भएको छ ।

उता, लुम्बिनीले पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरे पनि दोस्रो खेलमा कर्णाली याक्ससँग ९ विकेटले हार बेहोरेको छ ।

दुवै टोलीका लागि आजको खेल जित्नैपर्ने बाध्यता जस्तै भएको छ, किनकि जितसँगै तालिकामा मजबुत स्थान सुरक्षित गर्ने अपेक्षा उनीहरूको रहेको छ ।

हाल अंक तालिकामा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स अपराजित रहँदै समान ६–६ अंकसहित शीर्ष दुई स्थानमा छन् । नेटरनरेटका आधारमा सुदूरपश्चिम पहिलो र विराटनगर दोस्रो स्थानमा छन् ।

काठमान्डु, लुम्बिनी, चितवन र कर्णालीको समान २–२ अंक रहे पनि नेटरनरेट अनुसार उनीहरू क्रमशः तेस्रो, चौथो, पाँचौँ र छैटौँ स्थानमा छन् । जनकपुर बोल्टस र पोखरा एभेन्जर्सले भने अंक जोड्न सकेका छैनन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर ९, मंगलवार ००:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP