मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चार प्रदेशका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

442
SHARES
चार प्रदेशका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशमा मनसुनीसँगै पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेकाले आज पनि केही प्रदेशमा बदलीसँगै वर्षा र हिमपातको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहनेछ । ती क्षेत्रका थोरै स्थानमा मध्यमसम्म वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा भने आंशिक बदली रहनेछ । यी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मधेश प्रदेशसहित कोशी र बागमती प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा पनि मध्यमसम्म वर्षा हुन सक्नेछ । देशका अधिकांश तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ ।

रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भू–भाग तथा देशभरका तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ ।

महाशाखाका अनुसार राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्छ ।

यसैगरी, तराईका विभिन्न क्षेत्रमा बिहानपख हुस्सु लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन तथा सडक यातायातमा त्यसको सामान्य प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन १७, शनिबार ००:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP