मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बडादसैँ सुरु, आज घरघरमा घटस्थापना गरिँदै

429
SHARES
बडादसैँ सुरु, आज घरघरमा घटस्थापना गरिँदै

काठमाडौं । नेपाली हिन्दु धर्मावलम्बीको प्रमुख चाड बडादसैँ आजदेखि विधिवत् रूपमा सुरु भएको छ । दसैँको पहिलो दिन आज घरघरमा दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिँदैछ ।

घटस्थापनासँगै दसैँ घरमा शक्तिस्वरूपा देवी दुर्गाको आह्वान गरी विशेष पूजा आराधना सुरु हुन्छ । यस दिन घरघरमा जमरा राख्नुका साथै महालक्ष्मी, महाकाली र महासरस्वतीको पूजा गर्ने धार्मिक परम्परा रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष घटस्थापनाको शुभ साइत बिहान ११ बजेर ४७ मिनेटमा रहेको छ । घटस्थापनाका दिन विधिपूर्वक घडाको स्थापना गरी जौ, मकै, गहुँलगायतका बिउ छरेर जमरा उमार्ने चलन छ । जमरालाई समृद्धि, शुभता र धार्मिक आस्थाको प्रतीकका रूपमा लिइन्छ ।

दसैँको पहिलो दिनदेखि सुरु हुने नवरात्रका नौ दिनसम्म देवी दुर्गाका विभिन्न नौ स्वरूपको पूजा आराधना गरिन्छ । नवरात्रको पहिलो दिन शैलपुत्री देवीको पूजा गरिन्छ भने क्रमशः अन्य स्वरूपको आराधना गर्ने परम्परा छ । यस अवधिमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा भक्तजनको चहलपहल बढ्ने गर्दछ ।

नवरात्रका अवसरमा विभिन्न शक्तिपीठमा दर्शन गर्ने, विशेष पूजाआजा गर्ने र परम्पराअनुसार पञ्चबलि दिने चलनसमेत छ । विभिन्न कोट तथा धार्मिक स्थलमा राज्यका तर्फबाट समेत बलिको व्यवस्था हुँदै आएको छ ।

बडादसैँको दसौँ दिन विजयादशमी मनाइन्छ । यस दिन दुर्गा भवानीको पूजा विसर्जन गरी कलशको जलबाट अभिषेक गर्ने तथा मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ ।

विजयादशमीका दिनदेखि सुरु हुने टीका लगाउने क्रम स्थान र पारिवारिक परम्पराअनुसार फरक हुने गर्दछ । कतिपय ठाउँमा विजयादशमीकै दिन टीका लगाउने गरिए पनि अन्य स्थानमा कोजाग्रत पूर्णिमासम्म टीका लगाएर दसैँ मनाउने चलन छ ।

बडादसैँलाई धार्मिक आस्थासँगै पारिवारिक मिलन, आपसी सद्भाव र सामाजिक एकताको पर्वका रूपमा पनि लिइन्छ । यस अवसरमा टाढा रहेका परिवारका सदस्य घर फर्कने, आफन्तसँग भेटघाट गर्ने र मान्यजनबाट आशीर्वाद लिने परम्पराले दसैँको महत्त्व थप बढाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन २५, आईतवार ००:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP