मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

‘गणतन्त्र दिवसमा प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्नुपर्छ’

338
SHARES
‘गणतन्त्र दिवसमा प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्नुपर्छ’

काठमाडौं । नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहले देशवासीका नाममा सम्बोधन गर्नुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन को ३५औँ स्थापना दिवस तथा विधान सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै यादवले मुलुकको भावी दिशा, सरकारको योजना र राष्ट्रिय दृष्टिकोणबारे प्रधानमन्त्रीले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताएका हुन् ।

उनले प्रधानमन्त्री शाहको दृष्टिकोण सुन्न जनता उत्सुक रहेको उल्लेख गर्दै भने, “देशलाई कुन दिशामा लैजाने भन्नेबारे प्रधानमन्त्रीले गणतन्त्र दिवसकै अवसरमा खुला रूपमा बोल्नुपर्छ । जनताले उहाँको धारणा प्रत्यक्ष सुन्न चाहेका छन् ।”

यादवले प्रधानमन्त्रीले हालसम्म राष्ट्रका नाममा औपचारिक सम्बोधन नगरेको उल्लेख गर्दै विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिबारे सरकारको धारणा पनि सार्वजनिक हुनुपर्ने बताए ।

उनले आर्थिक विकास, सामाजिक रूपान्तरण, स्वास्थ्य, शिक्षा, कृषि, भौतिक पूर्वाधार तथा अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा सरकारको स्पष्ट योजना गणतन्त्र दिवसको मञ्चबाट प्रस्तुत हुनुपर्ने धारणा राखे ।

समारोहमा बोल्दै यादवले गणतन्त्र दिवस कार्यक्रममा रामचन्द्र पौडेलले अध्यक्षता गर्ने समाचार आफूले पत्रिकामार्फत पढेको उल्लेख गरे । उनले राष्ट्रपतिले समारोहको अध्यक्षता गर्नु स्वाभाविक भए पनि संसदीय व्यवस्थामा प्रधानमन्त्री नै कार्यकारी प्रमुख भएकाले संसद् र जनताप्रति बढी जवाफदेही हुनुपर्ने बताए ।

“प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्छ, संसद्लाई सम्बोधन गर्नुपर्छ,” यादवको भनाइ थियो ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ १३, बुधबार १०:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP