मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एमालेको नयाँ निर्णय: बल्खुमै बन्ने पार्टी मुख्यालय, दानको प्रस्ताव फिर्ता

429
SHARES
एमालेको नयाँ निर्णय: बल्खुमै बन्ने पार्टी मुख्यालय, दानको प्रस्ताव फिर्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीको केन्द्रीय कार्यालय बल्खुमै निर्माण गर्ने निर्णय गरेको छ । आइतबार सम्पन्न सचिवालय बैठकले व्यवसायी मीनबहादुर गुरुङ दम्पत्तिबाट प्रस्ताव गरिएको भवन तथा जग्गा दान स्वीकार नगर्ने निर्णय गर्दै नयाँ कार्यालय आफ्नै स्वामित्वको जग्गामा बनाउने निष्कर्ष निकालेको हो ।

उपमहासचिव लेखराज भट्टका अनुसार सचिवालय बैठकले कलंकी क्षेत्रमा प्रस्ताव गरिएको भवन निर्माण सम्बन्धी दान प्रस्ताव फिर्ता गर्ने निर्णय गरेको छ । उनले दाता गुरुङ दम्पत्तिलाई धन्यवाद व्यक्त गर्दै पार्टीले अब मदननगर, बल्खुस्थित आफ्नै जमिनमा आधुनिक भवन निर्माण गर्ने तयारी अघि बढाउने बताएका छन् ।

भट्टले बल्खुस्थित जग्गामा नयाँ भवन निर्माण सम्भव रहेको प्राविधिक प्रतिवेदन प्राप्त भएको जानकारी पनि दिए । एमाले हाल २०७८ सालदेखि ललितपुरको च्यासलस्थित कार्यालयबाट सञ्चालन हुँदै आएको छ ।

यसअघि व्यवसायी मीनबहादुर गुरुङले करिब एक अर्ब रुपैयाँ बराबरको भवन एमालेका लागि दान गर्ने सहमति गरेका थिए । सोही योजनाअनुसार २०८१ असोजमा एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पत्तिले भवन शिलान्याससमेत गरेका थिए । तर पछिल्लो सचिवालय बैठकले उक्त निर्णय उल्ट्याउँदै आफ्नै लगानीमा पार्टी कार्यालय निर्माण गर्ने बाटो रोजेको हो ।

पदाधिकारीहरूको नयाँ वरीयताक्रम
यसैबीच सचिवालय बैठकले पार्टी पदाधिकारीहरूको नयाँ वरीयताक्रम पनि टुंगो लगाएको छ । अध्यक्ष केपी शर्मा ओली शीर्ष वरीयतामा रहेका छन् भने उपाध्यक्षहरूमा रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्त क्रमशः समावेश छन् ।

महासचिवमा शंकर पोखरेल यथावत् रहेका छन् भने उपमहासचिवमा लेखराज भट्ट, योगेश भट्टराई र रघुवीर महासेठ रहेका छन् । सचिवहरूमा छविलाल विश्वकर्मा, पद्मा अर्याल, खगराज अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, शेरधन राई, राजन भट्टराई, हिक्मत कार्की र महेश बस्नेत समावेश छन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ १०, आईतवार १६:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP