मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समानुपातिकतर्फ ५८ चुनाव चिह्नसहितको नमूना मतपत्र सार्वजनिक

1.9K
SHARES
समानुपातिकतर्फ ५८ चुनाव चिह्नसहितको नमूना मतपत्र सार्वजनिक

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले समानुपातिकतर्फ प्रयोग हुने ५८ वटा चुनाव चिह्न समेटिएको नमूना मतपत्र सार्वजनिक गरेको छ ।

समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुन ९३ राजनीतिक दलले आयोगमा नाम दर्ता गराए पनि तीमध्ये ६४ दलले मात्र समानुपातिक बन्दसूची पेश गरेका थिए । बन्दसूची बुझाउने दलहरूमध्ये ५४ वटा दलले आफ्नै छुट्टाछुट्टै चुनाव चिह्नमार्फत प्रतिस्पर्धा गर्दैछन् भने बाँकी १० दल चारवटा साझा चुनाव चिह्न प्रयोग गरी विभिन्न क्लस्टरमार्फत निर्वाचनमा सहभागी हुँदैछन् ।

यसअघि हुने निर्वाचनमा बन्दसूची बुझाउनुअघि नै मतपत्र छपाइ हुने भएकाले सबै दर्ता भएका दलका चुनाव चिह्न मतपत्रमा समावेश गरिन्थ्यो । तर यसपटक भने समानुपातिक बन्दसूची पेश गरेका दलका मात्रै चुनाव चिह्न समेटेर मतपत्र छपाइ गरिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार समानुपातिकतर्फको मतपत्र छपाइ कार्य सम्पन्न भइसकेको छ र यसमा जम्मा ५८ वटा मात्रै चुनाव चिह्न समावेश छन् ।

मतपत्रको क्रमअनुसार सबैभन्दा अगाडि नेकपा एमालेको चुनाव चिह्न सूर्य राखिएको छ । त्यसपछि क्रमशः नेपाली कांग्रेसको रुख, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को पाँचकुने तारा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को घण्टी, जनता समाजवादी पार्टीको छाता तथा जनमत पार्टीको माइकसहितका चुनाव चिह्न रहेका छन् । नमूना मतपत्रको अन्त्यमा गाई चुनाव चिह्न समावेश गरिएको छ ।

समानुपातिक तर्फको नमूना मतपत्र



अगुल्टो अगुल्टो   
  • २०८२ माघ १७, शनिबार १३:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP