मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय सभा निर्वाचन सम्पन्न, कांग्रेस–एमाले–लोसपाका उम्मेदवार विजयी

1.2K
SHARES
राष्ट्रिय सभा निर्वाचन सम्पन्न, कांग्रेस–एमाले–लोसपाका उम्मेदवार विजयी

काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि आज भएको निर्वाचन ९५.६८ प्रतिशत मतदानसहित सम्पन्न भएको छ । बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म चलेको मतदानपछि लगत्तै मतगणना गरी नतिजा सार्वजनिक गरिएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहभागी भएन । पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनलाई प्राथमिकता दिइएकाले राष्ट्रिय सभा निर्वाचनमा मतदान नगर्ने निर्णय गरिएको हो । यसैगरी अन्य दलका केही सांसद तथा स्थानीय तहका प्रतिनिधि पनि मतदानमा अनुपस्थित देखिएका थिए ।

निर्वाचन परिणामअनुसार नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवारहरू विजयी भएका छन् । कांग्रेसले सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वकालमा एमाले र लोसपासँग राष्ट्रिय सभामा तालमेल गर्ने सहमति गरेको थियो । सो सहमतिअनुसार १८ सिटमध्ये कांग्रेसले ९, एमालेले ८ र लोसपाले १ सिटमा उम्मेदवारी दिएका थिए ।

राष्ट्रिय सभामा कुल १९ पद रिक्त हुनेमध्ये एक सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने व्यवस्था छ भने बाँकी १८ पदका लागि आज निर्वाचन भएको हो ।

प्रदेशगत निर्वाचित सदस्यहरू

कोशी प्रदेश
– सुनिलबहादुर थापा (नेपाली कांग्रेस) — निर्विरोध
– रोशनी मेचे (नेकपा एमाले)
– सोमनाथ पोर्तेल (नेकपा एमाले)

मधेस प्रदेश
– धमेन्द्र पासवान (नेपाली कांग्रेस)
– रञ्जित कर्ण (नेपाली कांग्रेस)
– महन्थ ठाकुर (लोसपा)
– रेखाकुमारी झा (नेकपा एमाले)

बागमती प्रदेश
– गीता देवकोटा (नेपाली कांग्रेस)
– प्रेमप्रसाद दंगाल (नेकपा एमाले)

गण्डकी प्रदेश
– सम्झना देवकोटा (नेकपा एमाले)
– जगत तिमिल्सिना (नेपाली कांग्रेस)

लुम्बिनी प्रदेश
– बासुदेव जंगली (नेपाली कांग्रेस)
– चन्द्रबहादुर केसी (नेपाली कांग्रेस)
– रामकुमारी झाक्री (नेकपा एमाले)

कर्णाली प्रदेश
– ललितजंग शाही (नेपाली कांग्रेस)
– मीनासिंह रखाल (नेकपा एमाले)

सुदूरपश्चिम प्रदेश
– लीलाकुमारी भण्डारी (नेकपा एमाले)
– खम्मबहादुर खाती (नेपाली कांग्रेस)



अगुल्टो अगुल्टो   
  • २०८२ माघ ११, आईतवार १३:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP