मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कांग्रेस विवाद: केन्द्रीय कार्यसम्पादन समिति बैठक आज

1.4K
SHARES
कांग्रेस विवाद: केन्द्रीय कार्यसम्पादन समिति बैठक आज

काठमाडौं । महाधिवेशनको विषय चरमोत्कर्षमा पुगेका बेला नेपाली कांग्रेसले आज (शुक्रबार) दिउँसो ३ बजेका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । पार्टीभित्र नियमित महाधिवेशन स्थगित गरेर विशेष महाधिवेशनतर्फ जाने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको घोषणापछि उत्पन्न राजनीतिक तनावका बीच बैठक बस्न लागेको हो ।

महामन्त्रीद्वयको कदमपछि सभापति शेरबहादुर देउवाले बिहीबार दिउँसो कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइराला, मिनेन्द्र रिजाल, रमेश लेखक लगायत नेताहरूसँग छलफल गरेका थिए । उक्त छलफलमा पार्टीको वर्तमान अवस्था, महाधिवेशनसम्बन्धी विवाद र सम्भावित निकासका विषयमा गहन संवाद भएको बताइएको छ ।

यस्तै, सभापति देउवाले आज बिहान आफू पक्षीय नेताहरूको बैठक पनि बोलाएका छन् । केन्द्रीय कार्यसम्पादन समिति बैठकले महाधिवेशनको मोड, नेतृत्वबीचको मतभेद र पार्टीको भावी रणनीतिबारे महत्वपूर्ण निर्णय लिन सक्ने अनुमान गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष १८, शुक्रबार ००:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP