मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फागुन २१ को निर्वाचनः दल दर्ता संख्या १४३ पुग्यो

858
SHARES
फागुन २१ को निर्वाचनः दल दर्ता संख्या १४३ पुग्यो

काठमान्डु । आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगमा यसपटक उल्लेखनीय रूपमा नयाँ राजनीतिक दलहरूले दर्ता गराएका छन् । आयोगका अनुसार २५ नयाँ दल दर्ता भएसँगै कुल दर्ता दलको संख्या १४३ पुगेको छ ।

दल दर्ता प्रक्रियाको स्थिति
निर्वाचन प्रयोजनका लागि आयोगमा १२० दलले निवेदन दिए पनि छानबिनपछि ११९ दल मात्र दर्ता गरिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । दल दर्ताका लागि आयोगले मंसिर १ देखि १० गतेसम्म समय दिएको थियो । पछि चार दिन थपिएको यो अवधि आइतबार सकिएको हो । अब छानबिनपछि मंसिर २० गते अन्तिम सूची प्रकाशित हुनेछ ।

निवेदन र चुनाव चिह्न
दुई वा बढी दल मिलेर एकल चुनाव चिह्न प्रयोग गर्न माग गर्दै १४ दलबाट ६ वटा समूहगत निवेदन परेका छन् । १०५ दलले एक्लै चुनाव लड्ने गरी निवेदन दिएका छन् । विघटित प्रतिनिधिसभामा रहेका १४ वटै दलले पनि दर्ता प्रक्रियामा सहभागिता जनाएका छन् । पुराना २४ दलले भने यसपटक दर्ताका लागि निवेदन नदिएको आयोगले जनाएको छ ।

दर्ता भएका प्रमुख नयाँ दलहरू
यसपटक दर्ता भएका नयाँ राजनीतिक दलहरू विविध पृष्ठभूमिका व्यक्तित्वद्वारा सञ्चालित छन्। केही प्रमुख दर्ता दलहरूः

  • श्रम संस्कृति पार्टी – धरानका मेयर हर्कराज राई ‘सामापाङ’ द्वारा दर्ता
  • गतिशील लोकतान्त्रिक पार्टी – व्यवसायी वीरेन्द्रबहादुर बस्नेतको सहभागिता
  • नागरिक उन्मुक्ति पार्टी, नेपाल – रेशम चौधरीको नेतृत्व
  • उज्यालो नेपाल पार्टी – ऊर्जामन्त्री कुलमान घिसिङको संरक्षकत्व, अध्यक्ष अरुणकुमार उपाध्याय
  • राष्ट्रिय परिवर्तन पार्टी – अध्यक्ष राजेश पोर्ते
  • राष्ट्रिय जनमत पार्टी – रियाज अहमद शेष
  • जनादेश पार्टी, नेपाल – संयोजक रमणकुमार कर्ण
  • हाम्रो पार्टी नेपाल – दलित अभियन्ता खगेन्द्र सुनार (दर्ता प्रक्रिया जारी)
  • समुन्नत नेपाल पार्टी – पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल
  • सार्वभौम नागरिक पार्टी – गणेशकुमार मण्डल
  • राष्ट्रिय ऊर्जाशील पार्टी – योगेन्द्र मण्डल
  • नागरिक सेवा पार्टी – अध्यक्ष श्रेया केसी
  • समावेशी समाजवादी पार्टी – नुमा लिम्बू
  • नागरिक बचाउ दल – विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको अगुवाइ, अध्यक्ष माधवप्रसाद खतिवडा
  • सर्वोदय पार्टी – दीपककुमार साह
  • नेपाल जनसेवा पार्टी – प्रकाश खड्का

नयाँ र पुराना दल मिलेसँगै निर्वाचन आयोगमा दर्ता दलहरूको संख्या १४३ पुगेको छ । आयोगमा दर्ता भइसकेका दलहरूले पनि प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन फेरि अलगबाट दर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ, जसअनुसार हाल देखिएको चहलपहल आगामी राजनीतिक प्रतिस्पर्धाको संकेत मानिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १५, सोमबार ०५:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP