मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेकपाको प्रतिबद्धता-पत्र सार्वजनिक: पूर्वाधार विकास, रोजगारी र सुशासनमा जोड

1.6K
SHARES
नेकपाको प्रतिबद्धता-पत्र सार्वजनिक: पूर्वाधार विकास, रोजगारी र सुशासनमा जोड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी निर्वाचनलाई लक्षित गर्दै चुनावी प्रतिबद्धता-पत्र सार्वजनिक गरेको छ । ‘सुशासन र रोजगारी समाजवादको तयारी, राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी’ भन्ने नारासहित सार्वजनिक गरिएको प्रतिबद्धता-पत्रमा पूर्वाधार विकास, रोजगारी सिर्जना र राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिइएको छ ।

प्रतिबद्धता-पत्रमा लामो समयदेखि प्रगति हुन नसकेका राष्ट्रिय गौरवका आयोजनाहरूलाई तीव्र गतिमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । पूर्व–पश्चिम राजमार्ग, हुलाकीमार्ग, मध्यपहाडी लोकमार्ग, काठमाडौं–निजगढ द्रुतमार्ग, काठमाडौं–हेटौंडा सुरुङमार्ग तथा उत्तर–दक्षिण लोकमार्गअन्तर्गत कोशी, त्रिशूली, कालीगण्डकी, कर्णाली र महाकाली करिडोर निर्माणलाई प्राथमिकतामा राखिएको छ । गड्डाचौकी–चिसापानी सडकखण्ड चार लेनमा विस्तार गर्ने र खुटिया–दिपायल–चैनपुर–उरै भन्ज्याङ सडक आयोजना छिट्टै सम्पन्न गरिने उल्लेख गरिएको छ ।

त्यस्तै, काठमाडौंको बाहिरी चक्रपथसहित प्रमुख शहरहरूमा चक्रपथ निर्माणलाई तीव्रता दिने, सबै स्थानीय तहका केन्द्रसम्म पक्की सडक पुर्‍याउने तथा हुलाकी सडकका बाँकी खण्डहरू पूरा गर्ने लक्ष्य राखिएको छ । पूर्व–पश्चिम हिमाली लोकमार्गको अध्ययन गरी प्रारम्भिक काम अघि बढाइने पनि प्रतिबद्धता-पत्रमा उल्लेख छ ।

रेल तथा हवाई पूर्वाधारतर्फ केरुङ–काठमाडौं, काठमाडौं–पोखरा र काठमाडौं–लुम्बिनी रेलमार्गको प्रक्रिया अगाडि बढाइने जनाइएको छ । पूर्व–पश्चिम रेलमार्ग निर्माण, काठमाडौंमा मेट्रोरेल र मोनोरेल सञ्चालन तथा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । प्रयोगमा नरहेका विमानस्थलहरूको स्तरोन्नति गरी सञ्चालनमा ल्याउने वा वैकल्पिक उपयोगमा ल्याउने योजना पनि प्रतिबद्धता-पत्रमा समेटिएको छ ।

यसका साथै विभिन्न क्षेत्रमा द्रुतमार्ग, लोकमार्ग र सुरुङमार्ग निर्माण, प्रमुख शहरहरूमा मास ट्रान्जिट प्रणाली कार्यान्वयन तथा ठूला नदीहरूमा जल यातायातका पूर्वाधार विकास गर्ने महत्वाकांक्षी योजना पनि नेकपाले अघि सारेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २७, मंगलवार ११:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP